फेरि भारत सरकार गोर्खा विरोधी नै बनेको छ: केशवराज पोखरेल

IMG-20240211-WA0213.jpg

दार्जीलिङ: आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय प्रवक्ता केशवराज पोखरेलले एक भिडियो जारी गरेर हरेक भारतीय गोर्खाहरूले भारत सरकारप्रति आशाको दृष्टिले हेर्छन् तर फेरि भारत सरकार गोर्खा विरोधी नै बन्यो भनी बताएका छन्। उनले सीएपीएफ (CAPF) को परीक्षा भारतका १३ भाषीहरूले आफ्नै भाषामा दिनेछन् तर नेपाली भाषाको अत्तोपत्तो छैन भन्दै फेरि पनि नेपाली भाषीमाथि अवहेलना भएको आरोप लगाएका छन्। उनले भने, भाजपाले पहाडमा काँटी ठोक्ने कामसम्म गरेन। अहिले हाम्रो भाषासम्मलाई अपमानित गरेको छ।” पोखरेलले भारतका सम्पूर्ण गोर्खा सांसद अनि विधायकहरूले भारत सरकारको यो अपमानको विरोध जनाउनु होस् भनी सम्पूर्णलाई आह्वान् गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement