दार्जीलिङ: भेदभाव कार्यहरूदेखि पहाड मुक्त हुनुपर्छ भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्।गोरूबथान क्षेत्रको निर्वाचित ग्राम पञ्चायत एंव पञ्चायत समिति सदस्यहरूसंग हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भेट गरेका थिए। बैठकपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भागोप्रमोको नाम नलिई पहाडको सत्ताधारी पार्टीले भेदभाव गरेको आरोप लगाए। उनले भने, गत केही महिना अघि सम्पन्न भएको पञ्चायत चुनावमा गोरूबथान क्षेत्रमा भागोप्रमो र निर्दलीय उम्मेद्वारहरूले बराबर जीत हाँसिल गरेको थियो। दुवै पक्षले बोर्ड गठन गर्ने स्थिति नहुँदा चुनाव अधिकारीले हेड एण्ड टेलको माध्यमद्वारा बोर्ड गठन गर्ने प्रस्ताव राखेर हेड एण्ड टेल गर्दा भागोप्रमोले बोर्ड गठन गरेको छ। निवार्चित निर्दलीय ग्राम पञ्चायत एंव पञ्चायत समिति सदस्यहरूले निष्पक्ष रूपमा जनताको सेवा कार्यहरू गर्दै आईरहेको छ। विकाश कार्य गर्नलाई सरकारद्वारा जारी गरिएको कोषमा पहाडको सत्ताधारी पार्टीको नेतृत्वहरूले भेदभाव गर्दा निर्दलीय ग्राम पञ्चायत सदस्य एंव पञ्चायत समिति सदस्यहरूले आफ्नो क्षेत्रहरूमा भने जस्तो विकासको कार्यहरू गर्न सकिरहेको छैन भन्ने अध्यक्ष एडवाडर्सले बताए।पहाडको सत्ताधारी पार्टीको नेतृत्वहरूले हामीले पहाडमा पञ्चायती राज फर्कायौं भन्ने गर्छन् तर भेदभाव नीति जस्ता सानो चित्त छोडनु पर्छ तब मात्र पहाडमा साँचो पञ्चायती राज आएको भान हुनेछ अध्यक्ष एडवाडर्सले भने। उनले अघि भने, भेदभाव नीतिको चपेटमा परेका सदस्यहरूलाई हामी हाम्रो पक्षबाट जे जस्ता सहयोगहरू हुन्छ हामी गर्नेछौं।