हाम्रो पार्टीद्वारा भाजपाको विरोधमा दार्जीलिङमा पोस्टरिङ

IMG-20240211-WA0203.jpg

पार्टीको हितमा होइन जातिको हितमा हामी सबै एकबद्व बनौं: राब्गे राई

दार्जीलिङ: पार्टीको हितमा होइन जातिको हितमा हामी सबै एकबद्व बनौं भनी हाम्रो पार्टीको युवा एकाईको सभापति राब्गे राईले बताएका छन्। भारतीय जनता पार्टीको विरोधमा हाम्रो पार्टीले शहरको चोक बजार क्षेत्रमा ब्यापक मात्रामा पोस्टरिङ गरेको छ। हाम्रो पार्टीको वरिष्ठ कार्यकर्ता गोपाल परियार र राब्गे राईको नेतृत्वमा शहरको चोक बजार क्षेत्रमा ब्यापक मात्रामा पोस्टरहरू टाँसिएपछि राब्गे राईले भारतीय जनता पार्टीलाई हामीले १५ वर्ष दियौं तर हामीले दिएको समर्थन र त्यागको आजसम्म कुनै मूल्यांकन भएन भनी बताए। उनले भने, हामीले टाँसेको पोस्टरहरूलाई राजनैतिक चश्माले नहेरी दिनु होस्, हाम्रो आशा आकांक्ष्हरू भारतीय जनता पार्टीले पूरा गरिदिन्छ कि भन्ने हेतुले गत १५ वर्षदेखि समर्थन जनाउँदै सांसद दिन्दै आएका हौं। तर यतिका वर्षहरू बितिसक्दा पनि हामीले न्याय पाएनौं। हाम्रो जातिले न्याय पाएन। आजसम्म गोर्खाहरूले किन न्याय पाएको छैन। गोर्खाहरू न्यायदेखि किन वञ्चित छ।’

भारतीय जनता पार्टीले गोर्खा हरूको मन जित्न संकल्प पत्रमा गोर्खाहरूको दीर्घकालीन समस्यालाई स्थायी राजनैतिक समाधान गरिने, गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जनजातिमा समावेश गर्ने अनि चिया श्रमिकहरूको लागि मिनिमम वेजेस लागु गर्ने लिखित वाचाहरू गरेका थिए। तर खै भन्दै राईले प्रश्नमाथि प्रश्न तेर्साए।जम्मु काश्मीरको जनजातिहरूलाई जन जातिको मान्यता दिएर जनजातिमा समावेश गराए तर गोर्खाले किन पाएन। जम्मु काश्मीरको जन जातिहरूलाई जनजातिमा समावेश गर्ने संदनमा वील पेश गर्दा दार्जीलिङको सांसद राजु विष्टले किन चुप लागेर बसे राईले प्रश्न तेर्साए। पहाडको सत्ताधारी राजनैतिक दलदेखि लिएर सवै राजनैतिक दलले आफ्नो राजनैतिक धरातल दह्रिलो बनाउने दिशामा होइन तर गोर्खा जातिको आशा आकांक्षा पूरा गर्ने दिशामा एकबद्व हुन जरूरी रहेको राईले बताए। अब हामीले गोर्खा जातिलाई क्षति पूराउने काम गर्नु हुँदैन। जातीय हितमा काम गर्नुपर्छ। हामीले संसदमा पठाएको सांसदलाई विकासको लागि होइन तर हाम्रो जातिय मुद्दालाई फत्ते गर्न रहेको राईले बताए। ११ जात गोष्ठीहरूले जन जातिको मान्यता पाएको खण्डमा त्यसले समस्त ११ जात गोष्ठीलाई फाइदा पुग्नेछ। स्थायी राजनैतिक समाधान के हो भन्ने स्पष्ट गरिएको छैन। राज्य होस् कि केन्द्र शासित प्रदेश होस् तर भएको खण्डमा त्यसले समस्त गोर्खा जातिलाई फाइदा हुनेछ। त्यसकारण अहिले हामीले आफ्नो राजनैतिक फाइदाको विषयलाई पन्साएर जातिको हितमा सोच्नुपर्छ भन्ने राईले आह्वान्वगरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement