सिमुलबारी: सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी क्रिकेट टुर्नामेण्टमा इण्डियन टीम च्याम्पियन भयो। सिमुलबारी खेल मैदानमा आइतवार भएको फाइनलमा इण्डियन टीमले एनबीयू शिवमन्दिरलाई ८ विकेटले पराजित गऱ्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै एनबीयू-को टीमले निर्धारित १६ ओभरमा ८ विकेट गुमाएर ११३ रन बनायो। तनयले सर्वाधिक ५२ रन बनाए। जवाफमा इण्डियन टीमले ११औं ओभरमा केवल २ विकेट गुमाएर ११४ रनको लक्ष्य हासिल गऱ्यो। विजेता टीमबाट कुशल शर्माले अविजित ४२ रन बनाए। आज फाइनलमा मुख्य अतिथिको रूपमा सुकना पानीघट्टा समष्टिका सभासद परेश तिर्की (एमओडी, बीसीडब्ल्यू, ट्राइबल डेवलपमेण्ट डिपार्टमेण्ट, जीटीए) उपस्थित थिए। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

संक्षिप्तमाः
च्याम्पियनः इण्डियन टीम
रनरअप्ः एनबीयू शिवमन्दिर
प्लेयर अव् द म्याचः कुशल शर्मा (इण्डियन टीम)
प्लेयर अव् द टुर्नामेण्टः एमडी फारुख (इण्डियन टीम)
बेस्ट बलरः सुजीत सहानी (इण्डियन टीम)
बेस्ट ब्याटरः अंकुर (एनबीयू शिवमन्दिर)
फेयर प्ले ट्रफीः हनुमान मन्दिर