अलि बक्स ७ भीमसेन च्यालेञ्ज ट्रफीको सेमी फाईनलमा प्रवेस

IMG-20240211-WA0193.jpg

खरसाङ: खरसाङमा पश्चिम बंगाल नेवार विकास बोर्ड र नेवार बुद्धिष्ट कल्याण संगठनको संयुक्त आयोजनमा नेवारी संस्कृति र उत्पादहरूलाई प्रोमोट गर्ने लक्ष्यको साथ आयोजित पहिलो भिमसेन च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा आईतबार भएको दोस्रो क्वाटर फाईनल खेलमा अलि बक्स 7 बिजयी हुँदै सेमी फाईनलमा प्रवेस गरेको छ। आज भएको दोस्रो क्वाटर फाईनल खेल अलि बक्स ७ र सिपाहीधुरामाझ सम्पन्न भएको थियो। उक्त खेलमा अवि बक्स ७ ५-३ को अन्तरले बिजयी बन्दै भीनसेन च्यालेञ्ज ट्रफीको सेमी फाईनलमा प्रवेस गरेको छ। यस खेलमा म्यान अफ् द म्याच सिपाहीधुराका खेलाड़ी माईकल राई चयन भएका छन्। त्यसरी नै शनिवार भएको पहिलो क्वार्टर फाइनलमा हिल्स फुटबल एकाडमीले गोर्खा बोइजलाई पेनल्टी शूटआउटमा ५-३ ले पराजित गरेको थियो। यस म्याचमा मुख्य अतिथिको रूपमा डब्ल्यूबीएनभीएफ-का प्रशासनिक अधिकारी उपस्थित थिए। संशोधित कार्यक्रम अनुसार यस सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टको दुईवटा सेमिफाइनल १७ र १८ फरवरीमा हुनेछ भने फाइनल २५ फरवरीमा खेलिने आयोजक समितिको पक्षमा अमीत प्रधानले जानकारी दिएका छन्।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement