एसडीएफ हेल्थ फ्रण्टका प्रतिनिधिले रानीपुल दुर्घटनाका घाइतेहरूसित भेटे

sdf.jpg

गान्तोक: पूर्व सिक्किमको रानीपुल बजारमा दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। दुर्घटनामा घाइते भएकाहरूको हाल मनिपाल अस्पतालमा उपचार चलिरहेको छ। आज एसडीएफ पार्टीको एउटा शीर्ष टोली एवम् हेल्थ फ्रण्टका पदाधिकारीहरूले मणिपाल अस्पतालमा पुगेर घाइतेहरूसित भेट गरे। मणिपाल अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट डा. अनिल चन्द्रले यस टोलीलाई जानकारी दिएअनुसार हाल मनिपाल अस्पतालमा बीसजनाको उपाचार चलिरहेको छ। जसमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ। एसडीएफको प्रतिनिधि टोलीले उपाचारधीन बिरामीहरूको स्वास्थ्यबारे जानकारी लिनको साथै अस्पताल प्रमुखलाई बिमारीहरूको उचित उपाचारको निम्ति आग्रह पनि गरे। यसको साथै पार्टी अध्यक्ष पवन चामलिङ र पार्टीको पक्षबाट उक्त टोलीले शीघ्र स्वास्थ्यको कामना गरे। उक्त टोलीमा हेल्थ फ्रण्टका उपाध्यक्ष डा. मिचुङ्ग भोटिया, डा. बिना बस्नेत शान्ति, विद्यार्थी मोर्चा प्रभारी डा. सीबी छेत्री, केशव सापकोटा, मार्ताम रुम्तेक समष्टिका सीएलईसी अध्यक्ष लाक्पा भोटिया, युवा संयोजक भाइचुङ शेर्पा, महासचिव थुप्देन भोटिया र देबेन तामाङ सामेल थिए।

About Author

Advertisement