भागोप्रमोले लगातार तीन दिनसम्म विरोध प्रदर्शन गर्ने

IMG-20240211-WA0190.jpg

खरसाङ: केन्द्रको भाजपा सरकारले गोर्खाहरूलाई केवल झूटको राजनीति मात्रै गरेको तर कुनै पनि आश्वासन पूरा नगरेको भन्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले १२ फरवरीदेखि लगातार रूपमा विरोध प्रदर्शन गर्ने भएको छ। उक्त विरोध प्रदर्शन खरसाङ महकुमा शासक कार्यालयमा १२ फरवरीदेखि लगातार तीन दिनसम्म गर्ने भएको छ। यसै विषयमा चर्चा परिचर्चा गर्नलाई भागोप्रमो खरसाङ महकुमा समितिको कार्यालयमा अक सभा सम्पन्न भएको छ। उक्त सभामा भागोप्रमोद्वारा गरिने तीन दिनव्यापी विरोध प्रदर्शन विषयमा चर्चा परिचर्चा गरिएको छ। उक्त सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाईलीले १२ फरवरीदेखि लगातार तीन दिनसम्म खरसाङ महकुमा शासक कार्यालय अघि विरोध प्रदर्शन गरिने बताएका छन्।

यस क्रममा बिन्नी शर्माले विगत १५ वर्षदेखि भाजपाले केवल ढाटको राजनीति गरेको बताउँदै भाजपाले पहाड़को जनतालाई केवल धोका दिने काम मात्र गरेकोले यो विरोध प्रदर्शन गरिएको बताएका छन्। उनले प्रधानमन्त्रीले गोर्खाहरूलाई देखाएको सपना किन पूरा भएन? गृहमन्त्रीले दिएको आश्वासन किन पूरा भएन अनि सांसदले दिएको वचन किन पूरा भएन भनी प्रश्न गरेका छन्। बिन्नी शर्माले भाजपाले केवल ढाँटको राजनीति गरेको आरोप लगाउँदै पहाड़को जनतालाई ढाँटको राजनीति गरेर भाजपाले केवल धोका मात्रा दिएको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *