खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीको सांगठनिक सभा घैयाबारीस्थित पार्टी कार्यालयमा समष्टीको सांठनिक सचिव सीबी राईको अध्यक्षतामा सम्पन्न भयो। सभालाई घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत समिति सदस्य वाङ्दी लामाले सञ्चालन गरेका थिए। सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, महकुमा सचिव एंव सभासद प्रणाम रसाईली, तीनधारे महानदी समष्टीको सभासद एंव समष्टि सचिव नवराज छेत्री र समष्टीको सभापति राजीव थापाले सम्बोधन गरेका थिए। वक्ताहरूले भागोप्रमो पार्टीलाई तीनधारे महानदी समष्टीमा सांगठनिक रूपमा बलियो बनाएर लाने तथा शाखा र प्रशाखाहरूलाई दह्रिलो बनाएर लाने आह्वान् गरे। यसै सभामा तीनधारे महानदी समष्टीको विभिन्न ग्राम पञ्चायतहरूबाट निर्वाचित भएका पञ्चायत सदस्य र पञ्चायत समिति सदस्यहरूलाई संयोजकहरू चयन गरिएको छ।

अब पार्टीले समष्टीको हरेक शाखा प्रशाखाहरूमा गएर सांगठनिक गतिविधि बढ़ाउन र पार्टीलाई बलियो बनाउन शाखा पसौं अभियान गर्ने भएको छ। यसको साथै आगामी १४ फरवरीदेखि खरसाङ महकुमा शासक कार्यालयमा गरिने धरणामा भागोप्रमो तीनधारे महानदी समष्टीबाट पनि सक्रिय सहभागिता रहने बताइएको छ।