आफूले भूल गरेको भन्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

Hungary-President-Katalin-Novak

हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहारमा दोषी ठहर भएका व्यक्तिलाई माफी दिएकोमा खेद प्रकट गर्दै राजीनामा दिएकी छिन्। गत हप्ता राष्ट्रपति नोभाकले सरकारी बाल गृहका निर्देशकविरुद्ध यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने एक व्यक्तिलाई माफी दिएको खुलासा भएको थियो। उनको निर्णयको हंगेरीमा विरोध बढ्दै गएको थियो र उनको राजीनामाको माग भइरहेको थियो। नोभाकले टेलिभिजनमा प्रत्यक्ष देखिएर आफ्नो निर्णयप्रति खेद प्रकट गर्दै यो माफी दिएर आफूले गल्ती गरेको बताइन्। माफीको यो निर्णयलाई अनुमोदन गर्ने तत्कालीन न्यायमन्त्री जुडित वर्गले प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट युरोपेली चुनावको अभियानबाट फिर्ता भएको घोषणा गरेका छन्। गत वर्ष अप्रेलमा पोप फ्रान्सिस हंगेरी आएपछि राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफ गरेकी थिइन्। यी २५ कैदीको नाम गत हप्ता सार्वजनिक गरिएको थियो। तीमध्ये बुडापेस्ट नजिकैको बाल गृहका उपनिर्देशकको नाम पनि थियो, जसलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो। उनले बाल गृह केन्द्रका निर्देशकमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाव दिएका थिए। यस मुद्दामा निर्देशकलाई पनि आठ वर्षको जेल सजाय सुनाइएको छ।

 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *