कालचिनी। पाना मोबाइल रेञ्जका बनकर्मीहरुले आज अच्छापाड़ा चियाबारी संलग्न बिजयपुर बस्ती क्षेत्रबाट एउटा साइकल सहित दुईवटा साल र सगुणको लट्ठा उद्धार गरेको छ।
बनकर्मीहरुले गोप्य सूचना पाएर बिजयपुर बस्तीमा अभियान चलाउँदा एउटा साइकल सहित प्राय १२ सीएफटीको लट्ठा उद्धार गर्न बनकर्मीहरु सफल भएको थियो भने मौका छोपेर लट्ठा तस्कर भाग्न सफल भएको थियो।
यता उद्धार भएको लट्ठा र साइकल बनकर्मीहरुले पाना रेञ्जमा ल्याउन सफल भएको जनाएका छन भने काठ तस्करी विरुद्ध अभियान जारी रहने मोबाइल रेञ्ज सुत्रले जनाएका छन।