सिलगढी: भक्तिनगर थाना पुलिसले गत राति आग्नेयास्त्र सहिते एकजना युवकलाई पक्राउ गरेको छ।पक्राउपछि आज जलपाईगढी आरोपीलाई अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम निताई राजवंशी उर्फ पोचा बताइएको छ। तिनी सिलगढीको ईस्टर्न बाईपास इलाके निवासी हुन्। सूत्रले दिएको जानकारी अनुसार सिलगढीको पायल सिनेमा हल पछिल्तिर एकजना युवक आग्नेयास्त्र लिएर घुमिरहेको भक्तिनगर थाना पुलिसले खबर पाएपछि उक्त इलाकामा अभियान चलाकर आग्नेयास्त्र सहित सो युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा युवकले कुनै आपराधिक घटनालाई अन्जाम दिनको लागि इलाकामा घुमफिर गरिरहेका थिए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।