हाम्रो पार्टी कालेबुङ जिल्ला कमिटीद्वारा भाजपाविरद्ध कालेबुङ शहरमा पोस्टरिङ

kal3.png

कालेबुङ: हाम्रो पार्टी कालेबुङ जिल्ला कमिटीले कालेबुङको विभिन्न ठाउँहरूमा भाजपाविरुद्ध व्यापक पोस्टरिङ गरेको छ। भारतीय जनता पार्टीले गोर्खाहरूसित गरेको वाचाहरू पुरा गरेनन् भन्दै हाम्रो पार्टी कालेबुङ जिल्ला कमिटीले कालेबुङ सहरमा व्यापक पोस्टरहरू टाँसेको बताइएको छ। भारतीय जनता पार्टीले पहाड, तराई, डुवर्स एवम् गोर्खा समुदायलाई स्थायी राजनैतिक समाधान, गोर्खा समुदायको ११ जात गोष्ठीलाई जन जातिमा समावेश गर्ने, चियाश्रमिकहरूलाई मिनिमम वेजेस लागू गर्ने लिखित वाचाहरू गरेका थिए।तर यी तीनवटा वाचामध्ये एउटै पनि वाचा भाजपाले पुरा नगरेको हाम्रो पार्टी कालेबुङ जिल्ला कमिटी अध्यक्ष नीले राईले बताए। पहाडवासीहरूले गत २००९ को लोकसभा चुनाउदेखि नै भारतीय जनता पार्टीलाई समर्थन जनाउँदै आइरहेको छ।

प्रत्येक चुनाउमा भाजपाको शीर्ष नेतृत्वहरूले पहाड तराई डुवर्स एवम् गोर्खाहरूलाई विभिन्न प्रकारको आश्वसान दिँदै आइरहेको छ। तर आज १५ वर्ष बितिसक्दा पनि भाजपाले आफ्नो वाचा पुरा नगर्दा हाम्रो पार्टीले पहाडमा व्यापक मात्रामा पोस्टरहरू टाँसेको अध्यक्ष राईले बताए।

About Author

Advertisement