खोरीबारीमा एक घरबाट नगद राशि सहित सुनको बहुमूल्य गर-गहना चोरी

IMG-20230528-WA0320-5-300x172-3

खोरीबारी: खोरीबारी ब्लक अन्तर्गत मन्जयजोतमा पूर्व सेनाका जवानको घरबाट नगद राशि सहित सुनको गर-गहना चोरी भएको छ।जानकारी अनुसार गत अबेर राति पूर्व सेना जवानका सुभाष छेत्रीको घरमा चोरले आलमारी भत्काएर एक तोला सुनको बहुमूल्य गर-गहना, नगद राशि १० हजार रुपियाँ चोरी गरेको बताइएको छ। घर मालिक सुभाष छेत्री तल्लो तल्लामा रहेकोले गर्दा चोरीको घटनाबारे केही थाहा पाएनन्। आज बिहान घरमा चोरी भएको थाहा पाएपछि तिनले थानामा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा खोरीबारी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement