हात्तीको आक्रमणमा परी व्यक्तिको मृत्यु

IMG-20230528-WA0320-5-300x172-3

अलिपुरद्वार। जिल्लाको रंगलीबाजना ग्राम पञ्चायत अन्तर्गत उत्तर रंगलीबाजनामा आइतवार एक व्यक्तिको शव भेटिएपछि सम्पूर्ण क्षेत्रमा खैलाबैला मच्चियो। मृतकको नाम रूस्तम उरावँ हो।

घटनाको सूचना पाएर पुलिस अनि वन विभाग घटनास्थलमा पुग्यो अनि शवलाई उद्धार गरी पोस्टमर्टमको निम्ति अलिपुरद्वार जिल्ला अस्पतालमा पठाइदियो।

ग्रामीणहरू अनुसार गए शनिवार अबेर राती तीनवटा हात्तीहरूले एकपछि अर्को गर्दै सम्पूर्ण क्षेत्रमा आक्रमण गरेको थियो। ग्रामीणहरूको मान्यतामा रूस्तमको मृत्यु हात्तीको आक्रमणमै भएको हो। मृतकका ज्वाईँ सुभाष उरावँले बताए, हिजो अबेर राती तीन बजे हात्तीहरूले गाउँमा आक्रमण गरे जसमा उनको ससुराको मृत्यु भयो। वन विभागले पनि क्षेत्रमा हात्तीको खुट्टाका पाइलाहरू देखिएको पुष्टि गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement