राज्यसभा चुनावको लागि तृणमूल कांग्रेसद्वारा उम्मेदवारहरूको सूची जारी

TMC-Flag

कोलकाता: तृणमूल कांग्रेसले राज्यसभा चुनावका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ। आइतबार तृणमूलको एक्स ह्यान्डलमा उम्मेदवारहरूको नाम घोषणा गरिएको छ। यस सूचीमा तीन पुराना राज्यसभा सांसदहरू सामेल गरिएको छैन। उम्मेदवार सूचीमा नादिमुल हकलाई मात्रै स्थान दिइएको छ। यससँगै उनी तृणमूलबाट तेस्रो पटक राज्यसभामा जानेछन्। अन्य तीन उम्मेदवारमा पूर्व सांसद सुस्मिता देव, मतुआ महासंघ संघधिपति, पूर्व सांसद ममताबाला ठाकुर र पत्रकार सागरिका घोष रहेका छन्। वरिष्ठहरूमा दक्षिण २४ परगना जिल्ला (सदर) तृणमूल अध्यक्ष सुभाषिश चक्रवर्ती, अबी रञ्जन विश्वास र शान्तनु सेनलाई राज्यसभामा नामांकित गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement