रानीपुल दुर्घटनाप्रति पवन चामलिङद्वारा दुःख प्रकट

img-20240210-wa01567565534874737267757.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टी अध्यक्ष पवन चामलिङले हिजो सॉंझ रानीपुलमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले दुर्घटनामा परेर घाइते बनेका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको निम्ति प्रार्थना गरेका छन् भने आफ्ना प्रियजनहरू गुमाउने परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

एसडीएफद्वारा आज जारी एक प्रेस विज्ञप्तिमा चामलिङले रानीपुलमा घटेको दुखद घटनामा तीन जनाले ज्यान गुमाएको खबरले आफुलाई स्तब्ध अनि दुखी बनाएको बताएका छन्। उनले धेरैको अवस्था गम्भीर रहेको जान्नमा आएको पनि उल्लेख गरेका छन्।

उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र आफन्तजन गुमाएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै पीड़ितहरूलाई न्याय दिलाउन घटनाको सत्यतथ्य पत्तो लगाउनु पर्ने बताएका छन्। यसैगरी, उनले यस्तो दुःखद घटना फेरि नदोहोरियोस् भनी प्रशासनलाई आह्वान पनि गरेका छन्।

उल्लेखनीय छ, रानीपुलमा चलिरहेको मेलामा हिजो सॉंझ एउटा अनियन्त्रित ट्याङ्करले चेप्टाएर तीनजनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement