मिथुन चक्रवर्तीको स्वास्थ्यमा सुधार

Mthun-Chakraborty-1

कोलकाता: बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्यमा सुधार आएको समाचार छl शनिबार बिहान(१० फरवरी) छाती दुखेको हुनले उनलाई कोलकाताको एउटा अस्पतालको आपतकालीन युनिटमा  भर्ना गरिएको थियो। साँझ चिकित्सकले उनको स्वास्थ्य अपडेट दिएका थिए। उनले mithun चक्रवर्तीलाई मस्तिष्कको इस्केमिक सेरेब्रोभास्कुलर एक्सिडेन्ट (स्ट्रोक) भएको बताए। मिडियासँग कुरा गर्दै अभिनेत्री देबश्री रोयले शनिबार राति अस्पतालमा मिथुन चक्रवर्तीग भेट भएको बताइन्। यसपछि उनले मिथुन चक्रवर्तीको स्वास्थ्यमा सुधार आएको हुनाले  आईसीयुबाट बाहिर राखिएको बताइन्। मिथुन चक्रवर्ती अहिले राम्रो भएको र सुगर लेभल कम भएको बताइन्। यसैबीच निर्देशक पथिकृत बसुले पनि मिथुनलाई अस्पतालमै भेटेका थिए। उनले भने, ‘म अस्पतालबाट भर्खरै आएको छु। मैले  उनलाई भेटें र उनी निको छन्l’ केही दिन पछि मिथुन चक्रवर्तीले सुटिङ शुरु गर्ने पनि उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement