राष्ट्रिय ताइक्वाण्डो प्रतियोगितामा सिक्किमलाई २५ वटा पदक

n5822167521707645241261104f9fe89edbea9e73245decc2ba105ead54a815cc093402a4ec454ed3b4e61c.jpg

गान्तोक: जयपुर, राजस्थानमा आयोजित सेकेन्ड सब-जुनियर, क्याडेट र जुनियर इण्डिया ताइक्वाण्डो नेशनल च्याम्पियनशिप (क्योरुगी/पुम्से) मा सिक्किमले २५ पदक हासिल गरेको छ, जसमा १७ वटा स्वर्ण पदक तथा ४-४ वटा रजत र कांस्य पदक सामेल छन्।

सिक्किम अमेचुअर ताइक्वाण्डो एसोसिएशनले दिएको जानकारी अनुसार, उक्त प्रतियोगिताको आयोजना इण्डिया ताइक्वाण्डोले ६ देखि ९ फरवरीसम्म जयपुरको एसएमएस इन्डोर स्टेडियममा आयोजना गरेको थियो। सिक्किम राज्यलाई प्रतिनिधित्व गर्दै कुल ३० सदस्यीय टोलीले प्रतियोगितामा भाग लिएको थियो। सिक्किमका कोचहरूमा संजय सुब्बा, सरोज गुरूङ, देवीमाया शर्मा, संजय थापा र प्रयास छेत्री सामेल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement