जोन बारला तीन दिवसीय सिक्किम भ्रमणमा 

n5822167541707645108435fce36b38ae6d72419b8655fa09ad9c28dc4fe7be0c76bf287c8f40deed367b6b.jpg

पाकिम: केन्द्रिय अल्पसंख्यक मामिला राज्यमन्त्री जोन बारला तीन दिवसीय आधिकारिक भ्रमणमा आज (आइतवार) सिक्किम आइपुगेका छन्। उनलाई रम्फूस्थित पर्यटक सुविधा केन्द्रमा सामाजिक कल्याण विभागका अतिरिक्त सचिव सत्यम प्रधान, रम्फूका एसडीएम थेन्डुप लेप्चा, गृह विभागका संयुक्त सचिव प्रणीत प्रधान र रम्फूका एसडीपीओ महेन्द्र सुब्बाले स्वागत जनाए। जानकारी अनुसार, केन्द्रिय राज्यमन्त्री बारला १२ फरवरीका दिन राजधानीमा आयोजित हुने रोजगार मेला कार्यक्रममा सहभागी बन्नेछन्। त्यस दिन प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त भएकाहरूलाई भर्चुअल माध्यमद्वारा नियुक्ति पत्र हस्तान्तरण गर्नेछन्। बारला १३ फरवरीका दिन दिल्ली फर्किने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement