मुम्बई: मुम्बईको बान्द्रा-कुर्ला कम्प्लेक्स क्षेत्रमा स्थित अमेरिकी वाणिज्य दूतावासलाई बमले उडाउने धम्कीपूर्ण ई-मेल पाउनसाथ सुरक्षा बढ़ाइको छ। ई-मेलमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपति जो बाइडेनले तत्काल सार्वजनिक माफी माग्नुपर्छ, नत्र म अमेरिकी दूतावासलाई उडाइदिने छु।’
पुलिस अनुसार, शनिवार दिउॅंसो लगभग ३:५० बजी दूतावासलाई ई-मेल प्राप्त भयो। ई-मेल पठाउने व्यक्तिले स्वयंलाई भगौडा अमेरिकी नागरिक बताएका छन्। उसले आफु विरूद्ध अमेरिकामा १९ आपराधिक आरोप दर्ता गरेको जानकारी गराएका छन्। उक्त व्यक्तिले ई-मेलमा भनेका छन्, ‘मेरो अमेरिकी नागरिकहरूलाई मार्ने कुनै योजना छैन।’
दूतावासले उक्त जानकारी पाउनसाथ बान्द्रा-कुर्ला पुलिस स्टेशनमा अज्ञात व्यक्ति विरूद्ध आईपीसीको धारा ५०५(१)(बी) र ५०६(२) अन्तर्गत मामिला दर्ता गरेको छ। पुलिसले ई-मेल पठाउने व्यक्तिको विवरण जुटाउने प्रयास शुरू गरेको छ।