गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले शनिवार पार्टीका वरिष्ठ नेता एवम् पूर्व मन्त्री शेरबहादुर सुवेदीको अन्तिम दर्शन गर्नका साथै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे। गेजिङ क्योङ्सा स्थिति निवासस्थानमा पुगेर चामलिङले दिवङ्गत नेताको पार्थिव शरीरमा पुञ्पाञ्जली अर्पण गरे। यसका साथै परिवारका सदस्यहरूलाई भेटेर शोक समवेदना प्रकट गरे। यस अवसरमा ठुलो संख्यामा एसडीएफका नेता एवम् पदाधिकारी तथा कार्यकर्ता र समर्थकको उपस्थिति रहेको एसडीएफले प्रेस विज्ञप्तिमा जानकारी गराएको छ।