गान्तोक: रेमन्ती संगीत एकादमीको सातौ स्थापना दिवसको अवसरमा सांगितीक कार्यक्रम आयोजना गरियो। राजधानीस्थित मनन केन्द्रमा आयोजित कार्यक्रममा मुख्य अतिथिकोरूपमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य रहेका थिए भने विशिष्ट अतिथिमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राज्यपालले जहाँ नारीको सम्मान र इञ्जत गरिन्छ, त्यहाँ देउताको बास हुने राज्यपालले बताए। संगितबाट मानिसहरूले तनावबाट मुक्त पाउने गरेको र संगीत सबैले मन पराउने गरेको जानकारी गराए। मानिसलाई रोटी, कपडा र मकानसँगै संगीतको पनि आवश्यक हुने गरेको उनले मन्तव्य प्रकट गरे।
यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै जेकब खालिङले वर्तमान समयमा सबैले सरकारी नौकरी, व्यावसायी बन्ने इच्छा राख्ने गर्दछन्, तर गायिका रेमन्तीले साना नानीहरूलाई संगीतको क्षेत्रमा अघि बढाउने प्रयास गरिरहेको बताए। अहिले सिक्किममा धेरै जना समाज प्रति जागरुक भएर समाज सेवामा लागिपरिरहेको जानकारी गराए। यसरी सामाजिक कार्यमा समर्पित भएकाहरूलाई हौसला प्रदान गर्नु हामी सबैको जिम्मेवारी रहेको पनि खालिङले अवगत गराए। शीघ्र राज्यका कलाकारहरूलाई लिएर कलाकार भरोसा सम्मेलन आयोजना गरिने पनि उनले कार्यक्रममा जानकारी गराए।