रानीपुलको मेलामा ट्रकले पेल्दा कम्तिमा दुईको मृत्यु, धेरै घाइते

IMG-20240210-WA0155.jpg

गान्तोक: आज राति ७ बजेर ४० मिनट जाँदा पूर्व सिक्किमको रानीपुलमा एउटा ट्रकले पेलेर कम्तिमा दुईजनाको मृत्यु भएको छ भने करिब १२ जना घाइते भएका छन्। घाइतेहरूमा केहीको अवस्था चिन्ताजनक बताइएको छ। मृतकहरूमा एक महिला रहेकी छन्। उल्लेखनीय छ, रानीपुलको ट्रक स्ट्याण्डमा पछिल्ला केही दिनदेखि मेला लागिरहेको छ भने मेलामा प्रत्येक साँझ तम्बोला खेलाइने गरेको छ। आज पनि सधैँ जस्तै तम्बोला खेल्ने र मेला घुम्नेहरूको ठूलो भीड़ थियो। यसैबीच गान्तोकतर्फबाट आइरहेको सिक्किम मिल्क यूनियनको दूध बोक्ने ठूलो ट्रकमाथि चालकले नियन्त्रण हराउँदा छेउमा ट्रक सोझै पार्क गरेर राखिएका केही साना वाहनहरूलाई पनि सोहोर्दै मानिसहरूको भीड़ि भित्र पसेको थियो।

दुर्घट्नामा परेर घाइते भएकाहरूलाई तत्काल उपचारको लागि मणिपाल सेन्ट्रल रेफरल अस्पताल लगिएको थियो। जसमध्ये यो समाचार लेखुञ्जेलसम्म एक महिलालगायत दुईजनाको मृत्यु भएको अपुष्ट समाचार प्राप्त भएको थियो। अर्कोतिर आरोपी पुलिसलाई रानीपुल पुलिसले पक्राउ गरेको सूत्रले जानकारी गराएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *