मुख्यमन्त्री तामाङले जनाए इञ्चे गुम्बामा आयोजित स्तुप अभिषेक समारोहमा सहभागिता

IMG-20240210-WA0154.jpg

गान्तोक: लोसार र सोनाम लोछारको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान इञ्चे गुम्बामा आयोजित एन्डुम छोर्तेन मेलमिलाप स्तूपको अभिषेक समारोहमा सहभागिता जनाए। यस अनुष्ठानमा क्याब्जे टिन्के गोन्जाङ रिन्पोछेले इञ्चे गुम्बामा रहेको एन्डुम छोर्तेन – सामंजस्य स्तूपको अभिषेक गरे। यस अवसरमा धर्म विभागका मन्त्री सोनाम लामा, मन्त्री कुङ्गा निमा लेप्चा, धर्म विभागका सचिव डा. पासाङ डी फेम्पु, लामाहरू लगायत श्रद्वालु भक्तजनको उपस्थिति रहेको थियो। एन्डुम छोर्तेन आठ महान स्तूपहरूमध्ये एक हो, जुन संघ इतिहासको एक महत्त्वपूर्ण क्षणको प्रतिककोरूपमा मानिन्छ। क्याब्जे टिन्के गोन्जाङ रिन्पोछे र नेचुङद्वारा गरिएको भविष्यवाणीको आधारमा निर्माण गरिएको हो, जसको उद्देश्य भविष्यको कलहलाई रोक्नु हो। यस स्तुपाको निर्माणमा इञ्चे गुम्पा दुचीले जमिन उपलब्ध गराएको थिए भने मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा राज्य सरकारले उपलब्ध गराएको कोषबाट यो निर्माण गरिएको हो।

यस स्तुपाको निर्माणले सिक्किम र विश्वलाई लाभान्वित गर्दछ। गुम्बा र एन्डुम छोर्तेनमा पूजाअर्चना पछि मुख्यमन्त्रीले धर्म विभाग अन्तर्गतका विभिन्न धार्मिक संस्थाहरूलाई अनुदान पनि प्रदान गरे। विशेष गरी सिक्किम र सिक्किमेली जनताको कल्याणको लागि यो निर्माण सम्भव बनाउन पुऱ्याएको योगदानको लागि इञ्चे गुम्बा परिवारले मुख्यमन्त्रीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *