गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज पूर्व मन्त्री स्वर्गीय एसबी सुवेदीको बासस्थानमा पुगी उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरे। मुख्यमन्त्रीले ईश्वरसित यस अपूरणीय क्षतिबाट प्रभावित सबैले वग्रपात सहन गर्ने शक्ति प्राप्त गरुन् भनी प्रार्थना गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरे। उल्लेखनीय छ, स्वार्गीय मन्त्री एसडीएफ सरकारको कार्यकालमा तीन पटक मन्त्री बनेका थिए। उनी केही वर्षदेखि विरामी रहेका थिए। उनको मृत्युमा राज्यका मुख्यमन्त्रीले हार्दिक शोक प्रकट पनि गरेका छन्।