आगामी २५ फरवरीदेखि चौथो खेलो इन्डिया युनिभर्सिटी गेम्स आयोजना गरिने

IMG-20240210-WA0152.jpg

गान्तोक: आगामी २५ फरवरीदेखि चौथो खेलो इन्डिया युनिभर्सिटी गेम्स आस्था लक्ष्मी २०२३ अन्तर्गत मेन्स बक्सिङ प्रतियोगिता शुरू हुने भएको छ। उक्त प्रतियोगिता २५-२९ फरवरीसम्म राजधानीस्थित पाल्जर स्टेडियमको जिम्नेजियम हलमा सम्पन्न हुने सिक्किम सरकारको खेलकूद एवम युवा मामिल विभागका अतिरिक्त निर्देशक आरबी विश्वकर्माले जानकारी गराएका हुन्। आज तादोङस्थित प्रेस क्लब अफ् सिक्किमको कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस प्रतियोगिताको आयोजना राज्यको खेलकूद एवम युवा मामिला विभाग र सिक्किम विश्वविद्यालयको संयुक्त पहलमा आयोजना हुने भएको छ। यस वर्ष खेलो इन्डिया युनिभर्सिटी गेम्स स्पोर्टस अथोरिटी अफ् इन्डियाले उत्तरपूर्वी राज्यमा आयोजना गरिनुपर्ने अनुमति दिएको छ, जसमा बीसवटा खेलहरू रहनेछ। यी मध्ये पुरूषवर्गको बक्सिङ खेल भने सिक्किमले आयोजना गर्ने अवसर पाएको उनले जानकारी गराए। सिक्किममा हुने बक्सिङ प्रतियोगिता क्वाटर फाइनलदेखि रहनेछ। यस प्रतियोगितामा देशका आठवटा विश्वविद्यालयहरूले अंशग्रहण गर्ने भएको छ। उनको भनाइ अनुसार देशका दुईसयवटा विश्वविद्यालयहरू मध्ये आठवटा विश्वदियालय क्वालीफाइ भएको हो। यस प्रतियोगितामा एकसय चार जना बक्सरहरूले सहभागिता जनाउने उनले बताए। यसै क्रममा सिक्किम अमेच्युर बक्सिङ एसोसिएशनका अध्यक्ष जसलाल प्रधानले १३ वटा वर्गमा खेल हुने जानकारी गराएका छन्। उनले जानकारी गराए अनुसार उक्त प्रतियोगिताको निम्ति राज्यका चार जना निर्णायक मण्डलीमा रहनेछन्। प्रधानले बताए अनुसार गत वर्ष १२-१८ जुनमा सम्पन्न भएको छैटो युवा बक्सिङ प्रतियोगिता सिक्किमले सफलतापूर्वक आयोजना गरेपछि स्पोर्स अथोरिटी अफ् इण्डियाले पूनः यो प्रतियोगिता आयोजना गर्ने अवसर दिएको बताए। तर यस प्रतियोगितामा सिक्किम युनिभर्सिटीले पनि सहभागिता नजाउने पनि अवगत गराए। सिक्किम युनिफर्सिटी एफिलेसन नभएको कारणले गर्दा यहाँका विद्यार्थीहरूले अंशग्रहण गर्न नसकेको तर आगामी दिनमा भने यसबारेमा पनि अवश्य पहल गर्ने उनले आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement