लक्ष्मी भण्डारमा भत्ता बढाएकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिन तृणमूलले सभा गरे

7778492d-2452-4960-b238-07d4fe3bb045-1024x576.jpg

राजगञ्ज: लक्ष्मी भण्डारको आवंटन बढाएकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिन तृणमूल कांग्रेसले सार्वजनिक सभा आयोजना गरेको थियो। आज राजगंज ब्लक तृणमूल कांग्रेसको आयोजनामा राजगंजको सुभाषपल्लीमा यो जनसभा आयोजित गरिएको थियो। साथसाथै डबग्राम-फुलबारी ब्लक तृणमूल कांग्रेस कमिटीको पहलमा फुलबारी मोडमा यो जनसभा भयो।यी दुवै सभामा हजारौं समर्थकको सहभागिता रहेको थियो। यसै सन्दर्भमा ८ फरवरीमा राज्यको बजेटमा धेरै घोषणा गरिएको ब्लक नेताहरुले बताएका छन्। जहाँ विभिन्न घोषणा बाहेक अबदेखि लक्ष्मी भण्डारले रु ५०० नभई दोब्बर अर्थात् राज्यका प्रत्येक महिलाले रु एक हजार पाउने घोषणा गरेको थियो। त्यस्तै, अनुसूचित जाति र जनजाति समुदायलाई दिइने भत्ता १ हजारबाट बढाएर १ हजार २ सय पुर्याएको छ। यसले बंगालका गरिब आमा दिदीबहिनीहरूलाई फाइदा पुग्नेछ। त्यसैले मुख्यमन्त्रीलाई धन्यवाद दिन राज्यका प्रत्येक वार्डमा जनसभा भइरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *