कराते प्रतियोगितामा स्वर्ण पदक प्रापक प्रनाम खालिङ दिल्लीमा समपन्न कराँते प्रतियोगितामा भाग लिन जाने

गोरुबथान: कालेबुङ खुल्ला कराँते डु च्याम्पियनसिप गत २४ जुलाईको दिन कालेबुङको नामी विद्यालय रकभेल एकाडेमीमा समपन्न भएको थियो।सुसन कराते र सेइको काइ कालेबुङको संयुक्त आयोजनामा यो कार्यक्रम समपन्न भएको थियो।यस कराँते प्रतियोगितामा सन्त स्टेफन एकाडेमी कफेरका विद्यार्थीगण क्रमैले प्रनाम खालिङ, रितेस उरावँले स्वर्ण पदक हत्याउन सफल भएको थियो। यसैगरी सिद्धान्त राज प्रधान, जेय पाशवान, श्रेयान्स मन्डल, एलिन लेप्चा, मोइसाङ डि लामा, फुङफिङ लेप्चा, रिप्जुङ लेप्चाले सिल्भर मेडल प्राप्त गरेका थिए। अंश लेप्चा, रुद्राक्ष रजक,छोस्याङ लेप्चा, अश्विन राई, अनन्या छेत्री, आरोषी गुरुङले रजत पदक प्राप्त गरेको थियो।हजुरहरूलाई ज्ञात रहोस कि स्वर्ण पदक प्रापक प्रनाम खालिङ यसपल्टको अल इन्डिया इन्डीपेन्डेन्स कप कराँते डु च्याम्पियनसिपमा भाग लिन नयाँ दिल्ली जानेछन्।यो प्रतियोगिता आगमी १३ र १४ अगस्तको दिन राजधानी दिल्लीमा समपन्न हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement