रोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्यो हिल्स फूटबल एकाडमी

IMG-20240210-WA0142.jpg

खरसाङ: खरसाङमा वेष्ट बेंगल नेवार डेवलपमेण्ट कल्चरल बोर्ड र नेवार बुद्धिष्ट कल्याण संगठनको संयुक्त आयोजनमा नेवारी संस्कृति र उत्पादहरूलाई प्रोमोट गर्ने लक्ष्यको साथ आयोजित पहिलो भिमसेन च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा शनिवार पहिलो क्वार्टर फाइनल म्याच खेलियो। नयाँ बजार स्थित डब्ल्यूबीएनभीएफ मैदानमा भएको म्याचमा हिल्स फूटबल एकाडमीले गोर्खा बोइजलाई पेनल्टी शूटआउटमा ५-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। आजको म्याचमा मुख्य अतिथिको रूपमा डब्ल्यूबीएनभीएफ-का प्रशासनिक अधिकारी उपस्थित थिए।संशोधित कार्यक्रम अनुसार यस सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टको दुईवटा सेमिफाइनल १७ र १८ फरवरीमा हुनेछ। यसरी फाइनल २५ फरवरीमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement