सन्देशखालीमा पुलिसको चुस्ती असफल, शाहजहाँका गुण्डाहरूमाथि घरभित्रै पसेर कुटपिट गरेको आरोप

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः उत्तर २४ परगनाको सन्देशखाली क्षेत्रमा ठूलो संख्यामा पुलिसकर्मीहरूलाई तैनाथ गरिएको छ। क्षेत्रमा गए शुक्रवार रातीदेखि नै धारा १४४ लागू भए पनि यी तमाम चुस्ती असफल भइरहेको देखिँदैछ। शनिवार फेरि व्यापक मात्रामा महिलाहरू सड़कमा उत्रिए अनि आरोप लगाए, राती अँध्यारोमा पुलिसको उपस्थितिबीच पनि शेख शाहजहाँका समर्थक अपराधीहरूले ग्रामीणहरूको घरमा पसेर उनीहरूमाथि कुटपिट गरे।

मानिसहरूको दाबी छ, आक्रमण गर्ने सबै अपराधीहरू शाहजहाँका समर्थक हुन् जो सत्तारूढ़ पार्टी तृणमूवसित जोड़िएका छन्। विरोध प्रदर्शन गर्ने मानिसहरू सितोलिया गाउँका हुन्। सन्देशखालीको यस गाउँमा भुंगज दास नामक व्यक्तिको घरमा राती अँध्यारोमा पसेर अपराधीहरूले तोड़फोड़ गरे अनि मानिसहरूमाथि कुटपिट गरे। गाउँका मानसिहरूले भने, यी सबै कुरा पुलिसको सहयोगमा भइरहेको छ।

उल्लेखनीय छ, गत बुधवार रातीदेखि नै सन्देशखालीको सम्पूर्ण क्षेत्र हिंसाको चपेटमा परेको छ। गत 5 जनवरीमा राशन भ्रष्टाचार मामिलामा छापामारी गर्न गएका ईडी अधिकारीहरूमाथि भएको आक्रमणको मास्टरमाइण्ड भगौड़ा तृणमूल नेता शेख शाहजहाँ, उसका सहयोगी शिबू हाजरा र उत्तम सरदारलाई पक्राउ गर्नुपर्ने मागमा बुधवार रातीदेखि नै महिलाहरू सड़कमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूको आरोप छ, शाहजहाँ र उसका समर्थकहरूले क्षेत्रका महिला अनि युवतीहरूलाई बेखौफ भएर छेड़छाड़ गर्ने गर्दछन्। उनीहरूले जमीनमाथि कब्जा जमाएका छन् तथा लामो समयसम्म मानिसहरूलाई प्रताड़ित गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement