कोलकाताः सन्देशखालीका तृणमूल नेता औ जिल्ला परिषद् सदस्य उत्तम सरदारलाई पार्टीबाट निलम्बित गरियो। तृणमूल नेता पार्थ भौमिकले रेड रोडमा धर्नाको मञ्चबाट शनिवार अपरान्ह सो घोषणा गरे। उनले बताए, उत्तम सरदारलाई ६ वर्षको लागि निलम्बित गरिएको छ। भगौड़ा उत्तमलाई निलम्बित गर्ने फसेला पार्टीका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीको आदेशमा गरिएको हो।
सन्देशखालीमा गत बुधवारदेखि नै स्थानीय मानिसहरूले सड़कमा उत्रेर लगातार विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले तृणमूल कंग्रेसका भगौड़ा नेता शेख शाहजहाँ सहित उत्तम सरदार रशिबु हाजरालाई पक्राउ गर्ने माग गरिरहेका छन्। पार्थले भने, मानिसहरूहरूसित दुर्व्यवहार गरेको आरोपलाई मध्यनजर गर्दै अभिषेकले उत्तमलाई निलम्बित गर्ने फसेला गरेका छन्।
सूत्र अनुसार गए शुक्वरार अबेर राती अभिषेकको केमेक स्ट्रीट कार्यालयमा सुजित बोस, नारायण गोस्वामी, रथिन घोष समेत जिल्लाका केही प्रमुख नेताहरूलाई बोलाइएको थियो। पार्थ पनि त्यहाँ उपस्थित थिए। यही नै अभिषेकले उत्तमलाई निलम्बित गर्ने आदेश दिए। त्यसपछि शनिवार पार्थले महासचिवको आदेशको घोषणा गरे।
उल्लेखनीय छ, सन्देशखालीमा विरोध प्रदर्शन गर्नको लागि सड़कमा उत्रेका महिलाहरूको आरोप छ, उनीहरूका नानीहरूलाई गैरकानूनी काममा धकेल्ने, महिलाहरूसित छेड़छाड़ गर्ने, सड़कमा युवतीहरूको खुल्ला रूपमा यौन शोषणदेखि लिएर जमीनमाथि कब्जा गर्ने अनि हरेक किसिमको आपराधिक गतिविधिहरूमा शाहजहाँ शेखसितै उत्तम सरदार र शिबु हाजरा पनि सामेल रहेका छन्।
-हिस