हिरासतमा रहेको उग्रवादीको घरमा भेटियो कार्बाइन

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)- को हिरासतमा रहेको आरोपीको घरमा छापामारी गर्दा कार्बाइन सहित अन्य चिजहरू भेटिएको छ। एसटीएफका एसपी इन्द्रजित बसुले शनिवार साँझ यस सम्बन्धमा जानकारी गराए। उनले बताए, गत ७ फरवरीमा सब्यसाची गोस्वामी नामक एक व्यक्तिलाई पक्राउ गरिएको थियो। शनिवार उसको दक्षिण २४ परगनाको माइपीठ कोस्टल थाना अऩ्तर्गत घरमा छापामारी गरियो। छापामारीको क्रममा घरबाट ९-एमएमको कारबाइन र २० राउण्ड गोली जफत गरिएको छ। यस अतिरिक्त २१ हजार रुपियाँ नगद, ल्यापटप, मेमोरी कार्ड, केही संदिग्ध पुस्तक, उग्रवादीहरूको लेटर्स एवं अन्य कागजपत्रहरू पनि जफत गरिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement