आकाशवाणी खरसाङको समाचार युनिटमा आयोजित दुई दिने कार्यशालाको समापन

IMG-20240210-WA0137.jpg

खरसाङ: अब आकाशवाणी खरसाङलाई पनि डिजिटलाइज गरिएको छ। अब विश्वको जुनसुकै कुनाबाट पनि आकाशवाणी खरसाङलाई सुन्न सकिन्छ। शक्तिशाली र आधुनिक प्रविधिले सुसज्जित बनाइँदैछ। सन् १९६२ मा स्थापना भएको आकाशवाणी खरसाङले यति लामो समयसम्म श्रोताको मनमा स्थान बनाएको उल्लेख छ।आकाशवाणी खरसाङले ग्रामीण क्षेत्रका जनतासम्म पुग्न अतुलनीय योगदान पुरायाएको छ। त्यसैले आजको प्राविधिक युगमा सरकारले विभिन्न एप्सको सहयोगमा विश्वको जुनसुकै कुनामा बस्ने जनतालाई तत्कालै सत्य, भरपर्दो समाचार पुर्याउने प्रयास इन्टरनेट र सामाजिक सञ्जालमार्फत् अब बलियो रूपमा आकाशवाणी खरसाङ पनि अगाघि बढिरहेको छ। अब सबैले आधुनिक प्रविधिमार्फत आकाशवाणी खरसाङको समाचार, सूचना र हरेक कार्यक्रम सुन्न सक्नेछन्। यही वृहत् लक्ष्य हाँसिल गर्न आकाशवाणी खरसाङको क्षेत्रीय समाचार एकाइले आयोजना गरेको दुई दिने कार्यशालाको समापन भएको छ। दुई दिने कार्यशालाको दोस्रो र अन्तिम दिन आकाशवाणी खरसाङका समाचार प्रमुख एंव आरएनयु हेड मानसप्रतिम शर्मा, क्लष्टर हेड जितेनकुमार रोय, आकाशवाणी खरसाङका कार्यक्रम प्रमुख पारसचन्द्र आले, क्षेत्रीय समाचार इकाईका इन्चार्ज अशोक चौरसिया, दिल्लीका आईटी विज्ञ रणधीर ठाकुरको उपस्थिति रहेको थियो। कार्यशालाको सञ्चालन समाचार वाचिका उषाकिरण लामाले गरेकी थिइन्। उपस्थित विशिष्ट व्यक्तिहरूले समाचार वाचन, समाचार सम्पादन र लेखन साथै रेडियोको विश्वसनीयता विषयमा प्रशिक्षण गराएका थिए। त्यसलाई अक्षुण्ण राख्न विभिन्न पक्षहरुलाई विस्तृत रुपमा प्रकाश पारिएको थियो । कार्यशालामा रेडियो पत्रकारिता, प्राविधिक ज्ञान, समाचार लेखन, सम्पादन, समाचार पढ्ने भाषाको प्रयोग आदिबारे आकाशवाणी खरसाङका भर्चुअल सम्पादन सहायक र भर्चुअल समाचार पाठकहरूलाई विशेष जानकारी प्रदान गरेका थिए। सोही सूचना प्रविधि विज्ञ रञ्जित ठाकुरले यहाँबाट प्रसारण हुने नेपाली समाचारलाई आधुनिक प्रविधि अन्तर्गत विश्वको जुनसुकै कुनामा रहेका श्रोतासमक्ष आकाशवाणी खरसाङका विभिन्न कार्यक्रम लगायत सामाजिक सञ्जालका विभिन्न माध्यमबाट प्रसारण गर्न अप्नाउनु पर्ने उपायबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान सिकाएका थिए। क्षेत्रीय समाचार एकाईका समाचार इन्चार्ज अशोक चौरसियाले यस कार्यशालाबाट समाचार सम्पादन सहयोगी र समाचार वाचकले धेरै कुरा सिक्न सकेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement