कोलकाताः राज्यको अन्तरिम बजेट औ सन्देशखालीको स्थितिलाई लिएर राज्य विधानसभामा शनिवार ठूलो कोकोहोलो मच्चियो। भाजपा अनि सत्तारूढ़ पार्टी तृणमूल कंग्रेसका विधायकहरूमाझ चोर-चोरको नाराबाजीले स्थिति यस्तो भएको थियो कि अध्यक्ष विमान ब्यनर्जीलाई कड़ा शब्दमा चेताउनी दिनु पऱ्यो। यद्यपि स्थितिलाई नियन्त्रण गरियो। यसको विरोधमा नाराबाजी गर्दै भाजपा विधायकहरूले वाक आउट गरे अनि सिकायत गर्न ऱ्याली निकालेर राजभवन पुगे। भाजपा विधायकहरूले विधानसभादेखि राजभवनसम्म मार्च गरे। भाजपाले सन्देशखालीको स्थितिमाथि राज्यपाल कार्यालयमा ज्ञापन चढ़ाएको छ।
वित्त राज्यमन्त्री चन्द्रिमा भट्टाचार्यले गत बिहीवार विधानसभामा राज्यको अन्तरिम बजेट पेश गरेकी थिइन्। शनिवार विधानसभामा उक्त बजेटमाथि भएको चर्चा अवधि तारकेश्वरका तृणमूल विधायक रामेन्दु सिंह रायले शुभेन्दुलाई ”चोर” भन्दै प्रहार गरेका थिए। शुभेन्दुले पनि जवाफ दिए। त्यसपछि दुवै पक्षका विधायकहरू नाराबाजीमा अल्झिए जसले गर्दा विधानसभाको परिवेश तनाउपूर्ण भएको थियो जस पश्चात स्पीकर विमान ब्यनर्जीले दुवै पक्षका विधायकहरूलाई चेताउनी दिए। उनले सभाको गरिमालाई कायम राख्ने अनुरोध गरे।
शनिवार शुभेन्दुले विधानसभामा राज्यको बजेटको धेरैवटा कमी-कमजोरीहरूलाई उजागार गरे। यसको साथै पार्टीको तर्फबाट वित्त राज्यमन्त्रीलाई आफ्नो मागहरू बारे अवगत गराए। उनले दाबी गरे, राज्यका सरकारी कर्मचारीहरूलाई केन्द्रिय दरमा डीए भुक्तान गर्नुपर्छ। असममा जस्तै बंगाल सरकारले पनि महिलाहरूलाई २,५०० रुपियाँ दिनुपर्छ। उनले राजस्थानमा जस्तै बंगालमा पनि ४५० रुपियाँमा ग्यास उपलब्ध गराउनु पर्ने बताए। उनले यो पनि भने, सरकारले उत्तर प्रदेशमा जस्तै आम मानिसहरूलाई पनि एउटा सिलेण्डर निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुपर्छ। शुभेन्दुले भाषणको अन्तमा भाजपाको पक्षबाट नारा लगाए- ”अबकी बार ४०० पार”।
तृणमूल विधायक पार्थ भौमिकले यी प्रस्तावहरूलाई प्रधानमन्त्री कार्यालयमा सुम्पिने सुझाउ दिए। त्यसपछि मन्त्री अरूप विश्वासले सदनमा आफ्नो कुरा राखे। यसबीच नाराबाजी गर्दै भाजपा विधायकहरूले वाकआउट गरे अनि सदन बाहिर विरोध प्रदर्शन गरे।
-हिस