भागोप्रमोले गर्ने विरोध प्रदर्शनलाई भाजपा जिल्ला कमिटीद्वारा विरोध

IMG-20240210-WA0132.jpg

भागोप्रमोको निर्णय चुनाव अघि गरिने राजनैतिक स्टन्ट मात्रै हो: एलएम लामा

खरसाङ: केन्द्रमा रहेको भाजपा सरकारले संसदको यस सत्रको अन्तिम दिन पनि छुटेका ११ जात गोष्ठीलाई जनजातिको मान्यता नपाए भागोप्रमोले सड़कमा निस्केर विरोध प्रदर्शन गर्ने कुराको भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला समितिद्वारा विरोध जनाएका छन्। भाजपा दार्जिलिङ जिल्ला समितिको सभा आज सुकनामा सम्पन्न भयो। उक्त सभापछि पत्रकारहरूसित कुराकानी गर्दै दार्जीलिङ जिल्ला उपाध्यक्ष एलएम लामाले भागोप्रमोको निर्णयप्रति विरोध जनाएका छन्। उनले भागोप्रमोले जुन संसदमा भाजपा सरकारले ११ जात गोष्ठीलाई मान्यता नदिए विरोध गर्ने जुन निर्णय गरेका छन् त्यो केही नभएर चुनाव अघि गरिने राजनैतिक स्टन्ट मात्रै हो भनी बताएका छन्। उनले यो स्थितिमा आएर भागोप्रमोले विरोध गर्ने किन अवश्यकता पर्यो भन्दै जनजाति नपाउनुमा मुख्य वाधा राज्य सरकार नै हो भनी बताएका छन्। लामाले जनजातिको मान्यताको लागि राज्य सरकारले नै केही काम नगरेको र दवाब दिने कार्य पनि नगरेको आरोप लगाएका छन्। त्यसैले यो चुनाव अघि गरिने केवल राजनैतिक स्टन्ट मात्रै हो भनी बताएका छन्।
पत्रकारहरूसित कुराकानी गर्दै भाजपा दार्जीलिङ जिल्ला सचिव सोनाम लामाले पनि भागोप्रमोले गरेको घोषणाको विरोध जनाएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमोद्वारा सड़कमा निस्केर आन्दोलन गर्ने घोषणाको प्रतिवाद जनाउँदै भागोप्रमोले २०१७ मा पहाड़मै घृणित कार्य गरेको र यसरी विरोध गर्ने हक तेतिबेलादेखि नै हराई सकेको आरोप लगाएका छन्। जिल्ला सचिव सोनाम लामाले पत्रकारहरुसित कुराकानी गर्दै प्रधानमन्त्री मोदीले देशको लागि धेरै असल कार्य गरिरहेको र गोर्खाहरूको लागि पनि खुशीको कुरा आउने सम्भावना र न्याय पाउनेछ भन्ने आशा छ भनी बताए। लामाले भागोप्रमोले केन्द्रबाट आएको राशि असंवैधानिक जीटीएमार्फत् दुरूपयोग गरेको आरोप लगाउँदै शान्ता पहाड़लाई अशान्ता बनाउने कार्य नगरिदिने सुझाव पनि राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement