खोरिबारीको पानीटेकीबाट लाखौंको लागुऔषध र नगदसहित एक युवक पक्राउ

a62b1044-df03-4f0a-bb46-8bd8ed6408d3-1024x576.jpg

खोरिबारी: भारत–नेपाल सीमा खोरीबारीबाट लाखौं रुपियाँको लागुऔषध र नगदसहित एक युवक पक्राउ परेका छन्। यस घटनामा पक्राउ परेका अभियुक्तको नाम सुभान आलम (२४) हो। उनी किशनगञ्जका बासिन्दा हुन्।
खोरीबारीको पानीटेङ्कीमा एसएसबीको ४१ औं गणका जवानले चारपाङ्ग्रे गाडी नियन्त्रणमा लिएको बताइएको छ। त्यसपछि खोजी गर्दा गाडीमा सवार युवकबाट ११६ ग्राम ब्राउन सुगर, १४ ग्राम गांजा, ३० बोतल कफ सिरप र ६ लाख ७८ हजार भारतीय रुपैयाँ र ८० हजार नेपाली रुपियाँ बरामद भएको थियो।
पछि एसएसबीका कर्मचारीले अभियुक्तलाई खोरीबारी पुलिसलाई जिम्मा लगाएका थिए। आज आरोपीलाई सिलगढी डिभिजन अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement