सिलगढीमा बन्दुक सहित युवक पक्राउ

Untitled-34-4.jpg

सिलगढी: प्रधाननगर पुलिस थानाले गएराति आपराधिक घटनामा संलग्न एक युवकलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम अर्जुन प्रसाद (२२) हो। उनी वार्ड नम्बर एकको मल्लागुडी क्षेत्रका बासिन्दा हुन्।स्रोतका अनुसार प्रधाननगर पुलिस थानाले वार्ड नम्बर १ कुल्लीपाडा अन्डरपास क्षेत्रमा गए राती शंकास्पद अवस्थामा अर्जुनप्रसाद नामका युवकलाई नियन्त्रणमा लिएको छ। युवकको खोजी गर्दा उनको कम्मरबाट भरुवा बन्दुक बरामद भएको थियो। त्यसपछि पुलिसले अवैध हतियारसहित युवकलाई पक्राउ गरेको थियो। अभियुक्तको साथबाट एउटा कारतूस पनि बरामद भएको छ।आरोपीलाई आज सिलगढी अदालतमा पेश गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *