एपीएसएसबीको गठन हाम्रो सरकारको सबैभन्दा ठूलो सुधार- सीएम खान्डु

Untitled-1-copy-37

इटानगरः मुख्यमन्त्री पेमा खान्डुले शुक्रबार योग्यतामा आधारित भर्तीको लागि अरुणाचल प्रदेश कर्मचारी चयन बोर्ड (एपीएसएसबी) को गठन २०१६ मा सत्तामा आएपछि उनको सरकारको सबैभन्दा ठूलो सुधार मध्ये एक रहेको जनाएका छन्। गभर्नरको सम्बोधनमा धन्यवाद ज्ञापनमा भाग लिँदै मुख्यमन्त्री खान्डुले राज्य सरकारले २०१६ देखि धेरै क्षेत्रमा धेरै सुधारहरू गरेको बताउँदै उम्मेदवारहरूको निष्पक्ष र पारदर्शी छनोटको लागि एसएसबी सबैभन्दा ठूलो सुधार हुने जनाएका छन्। ग्रूप सी र डी पदहरूको निम्ति योग्यतामा आधारित भर्तीको २०१७ मा एसएसबीको गठन गरिएको थियो। पहिले उचित भर्ना प्रणाली नहुँदा वास्तविक उम्मेदवारहरू वञ्चित थिए। हामीले अब राज्यमा भर्नाका लागि स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गरेका छौं, जसले आगामी दिनमा कार्य संस्कृति र वितरण संयन्त्रमा सुधार गर्नेछ,” मुख्यमन्त्रीले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *