राष्ट्रपति द्रौपदी मुर्मुले गरिन् आदि महोत्सवको उद्घाटन

Aadi-Mahotsav-1

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मुले आज मेजर ध्यानचन्द राष्ट्रिय रंगशाला, नयाँ दिल्लीमा आदि महोत्सव २०२४ को उद्घाटन गरिन्। सो अवसरमा राष्ट्रपतिले भारत देश विविधताले भरिपूर्ण भएको बताइन्। उनले भनिन्, ‘यसका बाबजुद पनि ‘विविधतामा एकता’को विचार सधैं विद्यमान छ। यो अनुभूति हुनुको मूल कारण भनेको एकअर्काको परम्परा, खानपिन र भाषा जान्न, बुझ्न र ग्रहण गर्ने हाम्रो उत्साह हो। एक अर्काप्रतिको सम्मानको भावना नै हाम्रो एकताको सार होl’ आदि महोत्सवमा विभिन्न प्रदेशका आदिवासी संस्कृति र सम्पदाको अनुपम संगम देख्न पाउँदा राष्ट्रपतिले खुशी व्यक्त गरिन्। उनले उहाँले आदि महोत्सव देशका कुनाकुनाका आदिवासी दाजुभाई दिदीबहिनीको जीवनशैली, संगीत, कला र खानपानसँग परिचित गराउने ठूलो अवसर भएको बताइन्। राष्ट्रपतिले यो पर्वका अवसरमा जनजाति समाजको जीवनका धेरै पक्षलाई जान्न र बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरिन्।

यस अवसरमा केन्द्रीय जनजाति मामिलामन्त्री अर्जुन मुन्डाले राष्ट्रपति द्रौपदी मुर्मुको उपस्थितिमा अनुसूचित जनजातिका लागि भेन्चर क्यापिटल फण्ड (भीसीएफ-एसटी)को उद्घाटन गरे। राष्ट्रपतिले अनुसूचित जनजातिका लागि भेन्चर क्यापिटल फण्ड (भीसीएफ-एसटी)को शुरुवातको प्रशंसा गरिन्। यसले अनुसूचित जनजाति समुदायमा उद्यमशीलता र स्टार्ट अप संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास उनले गरिन्। राष्ट्रपतिले आदिवासी समुदायका युवाहरूलाई नयाँ उद्यम स्थापना गर्न र आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्‍याउन यस योजनाको फाइदा लिन आग्रह गरिन्। यस अवसरमा केन्द्रीय जनजाति मामिलामन्त्री अर्जुन मुण्डाले आदिमहोत्सव मार्फत आदिवासी परम्परा, संस्कृति र गौरवको प्रतिनिधित्व हुने बताए। भारतमा ११ करोडभन्दा बढी जनजाति जनसङ्ख्या रहेको छ, र यो पर्व आदिवासीहरूका लागि आशाको किरण र सम्मानको विषय हो।श्री अर्जुन मुण्डाले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो बृहत् दूरदृष्टिबाट शिक्षा, स्वास्थ्य र रोजगारीमा ध्यान केन्द्रित गरेको बताए। प्रधानमन्त्री जनमान मार्फत ‘संकल्प’लाई ‘सिद्धि’मा लगिएको उनले बताए।

यस वर्ष आदिवासी समुदायको संस्कृति र परम्परा झल्काउने आदि महोत्सवमा तीन सयभन्दा बढी स्टल राखिएको र महोत्सवमा एक हजार कारीगरको सहभागिता रहेको अर्जुन मुण्डाले बताए। केन्द्रीय जनजाति मामिला मन्त्रीले ग्रामीण क्षेत्रमा उद्यमशीलतामा आधारित विकासमा थप ध्यान केन्द्रित गरिएको पनि बताएl उनले भने, ‘जहाँ हामी नयाँ उद्यम पुँजी कोष शुरु गर्दैछौंl’ यस कोषको बारेमा जानकारी दिँदै उनले यस कोषले अनुसूचित जनजातिलाई उत्पादन, सेवा र सम्बद्ध क्षेत्रमा काम गर्ने स्टार्टअप तथा कम्पनीहरूलाई १० लाखदेखि पाँच करोड रुपियाँसम्मको आर्थिक सहयोग प्रदान गरी उद्यमशीलता प्रवर्द्धन गर्ने बताए।

अर्जुन मुण्डाले आज विशेषगरी जोखिममा परेका जनजाति समूहका उत्पादन भारतीय दूतावासमार्फत हंगेरी, घाना, हङकङ, साइप्रस, बंगलादेश, नेपाल, अष्ट्रिया, भियतनाम, मौरिसस, पोल्याण्ड र युएईमा निकासी भइरहेको बताए । आदिवासी मामिला मन्त्रालयको निर्देशनमा ट्राइफेडले भारतको आदिवासी सम्पदाको समृद्ध विविधतालाई प्रदर्शन गर्ने उद्देश्यले आदि महोत्सव आयोजना गरेको हो। यस वर्ष महोत्सव १० देखि १८ फेब्रुअरी २०२४ सम्म आयोजना हुँदैछ। -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *