विर्तामोड (नेपाल): गत ता: ९ फरवरीको दिन साहित्य चौतारी विर्तामोड झापाले संस्थाको रजत जयन्ती उत्सवअन्तर्गत गत महिनादेखि आयोजना गरेको श्रंख्खलावद्व कार्यक्रमअन्तर्गत भारत र नेपाल गरि ५ जना वरिष्ठ साहित्यकारहरुलाई अभिनन्दन जनायो। नेपालबाट विमला तुम्कावी र भत्त खपाङ्गी थिए भने भारतको पश्चिम बंगाल राज्यको सिलगढीबाट नेपाली साहित्य प्रचार समिति सिलगढी एंव ग्राफिक्स प्रिन्टर्स सिलगढीका संस्थापक वरिष्ठ समाजसेवी मीमलाल सापकोटा, साहित्यकार युवराज काफ्ले,र मुत्ती उपाध्यय थिए। साहित्य चौतारीको भव्य अनि सभ्य साहित्यिक एंव सांगीतिक कार्यक्रममा सिलगढीबाट साहित्य चौतारीका संस्थापक सल्लाहकार गायक एंव संगीतकार जीवन अधिकारी विशिष्ट अतिथिको रुपमा उपस्थित थिए भने अतिथिको रुपमा मिरिकबाट दार्जीलिङ जर्नलका प्रधान सम्पादक देवीलाल प्रभान (डीएल प्रधान) सिलगढीबाट संगीतकार एंव संगीत संयोजक रमेश गुरुङ, नेपाली चलचित्रका पार्श्व गायिका जुनु गौतमलगायत नेपालबाट स्थानीय साहित्यकारहरू राजेन्द्र संग्रौला, अनिरुद्र ओली, लगायत साहित्य चौतारीका कार्यसमितिका उपाध्यक्ष एंव सदस्य सदस्यगणहरू लगायत आर्ट एकाडमी नौमतीबाजा समूहका सदस्यहरू उपस्थित थिए।
भारतीय साहित्यकारहरुले साहित्य चौतारीले संस्थाद्वारा सम्पन्न गरिन्दै आइरहेको साहित्यिक होस् या सांगीतिक प्रत्येक कार्यक्रममा भारतको विभिन्न ठाउँमा रहेर भाषा साहित्य र संगीत क्षेत्रमा योगदान पुर्याउन्दै आइरहेका कलाकार साहित्यकारहरूलाई यसरी अभिन्नदित गर्दै आइरहेकोमा साहित्य चौतारीप्रति आभार व्यक्त गरे। प्रमूख अतिथि हरिनारयण भट्टराईले साहित्य चौतारी विगत२५ वर्षअघि देवीभत्त श्रेष्ठद्वारा उनको मातापीता अनि सासु ससुराको स्मृति र आदिकवि भानुभक्त र राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा स्थापित गरेको संस्था हो। यो संस्था आजको अवस्था सम्म आइपुग्दा संस्थापक देवीभक्त श्रेष्ठको तन, मन, धन र समयको बेहिसाब खर्च भएको छ। साहित्य चौतारी यो अवस्थामा ल्याइपुर्याउन झापाका साहित्य र संगीतसित आवद्व रहेका श्रष्टाहरुको पनि देवीभक्तलाई साथदिन आजसम्म अतुलनिय भूमिका रहिआएको
सत्य तथ्य कुरा आफ्नो सम्वोदनमा राखे। उनले भने कुनै पनि संघ- संस्था रजत जयन्तीको संघारमा आइपुग्न पर्याप्त धनले मात्र सम्भव नरहेको र यसमा जनहरुको पनि जमात रहनुपर्ने र संस्थापकको अर्थ समर्पणमा ती जनहरुको त्यागको सामिप्यले मात्र संस्था दिगो रहने कुरा जनाए। अनि साहित्य चौतारीका यस्ता समारोहरु दार्जीलिङ सिलगढी, मिरिक तिरका आमन्त्रित अतिथिहरुको उपस्थितिले साच्चै गरिमा बढिरहेको छ भने यसरी दार्जीलिङतिरका स्रष्टाहरुलाई साहित्य चौतारीसित जोडने ती साधकहरुको अतुलनीय योगदानको खुलेर प्रशंसा गरे।
कार्यक्रममा गायक तथा संगीतकार जीवन अधिकारी, संगीतकार गायक रमेश गुरुङ, भारतीय नेपाली चलचित्रका पाश्व गायिका जुनु गौतम र सप्तक संगीतालयका नानीहरुले कार्यक्रमलाई गीतहरू गाएर संगीतमय बनाएका थिए भने उक्त कार्यक्रमको दिन संस्थाका सचिव गौरव श्रेष्ठका जन्मदिन परेको हुनाले उपस्थित अतिथिहरु कलाकारहरू र होटल हेरिटेजका कर्मचारीहरुले उनलाई शुभकामना जनाए अनि दिर्घायुको कामना गरे। स्वागत सम्वोदन र कार्यक्रमको औचित्यमाथि पनि सचिव गौरव श्रेष्ठले नै प्रकाश पारेका थिए। कार्यक्रमलाई सफल बनाउनमा उपाध्यक्ष हिक्मत नेम्बाङ र सदस्य कवि तथा गीतकार एनवी दाहाललगायत आर्ट एकाडमी नौमती बाजा समूहका सदस्यहरूको अहम भूमिका रहेको थियो। यस कार्यक्रमलाई साहित्य चौतारीका प्रेस सल्लाहकार एंव पत्रकार तुलसी निरौलाको सञ्चालन गरेका थिए।