रचना वाचन र सृजनात्मक लेखन कार्यशालासहित स्रष्टा सङ्गमको दुई दिवसीय कार्यक्रमको समापन

IMG-20240210-WA0129.jpg

गान्तोक: भारतीय नेपाली भाषी इसाई स्रष्टाहरूका साझा मञ्च स्रष्टा सङ्गमको दुई दिवसीय कार्यक्रमको समापन भएको छ। गान्तोकको जनता भवनमा ९ र १० फरवरी सम्पन्न दुई दिवसीय कार्यक्रमको दोस्रो दिन रेभरेण्ड डा छत्र सुब्बा पावलको बाईबलीय सन्देशबाट शुरु गरिएको थियो। बिहानको कार्यक्रम विशप हेमन्त काँफ्लेको शुरुको प्रार्थनाद्वारा शुरु गरिएको थियो। कार्यक्रमको दोस्रो चरणको कार्यक्रम एल्डर राजु राईको प्रार्थनाद्वारा शुरू गरिएको थियो। यस सेशनमा कवि,कथाकारहरूले आफ्नो रचनाहरू पठन गरेका थिए। यस क्रममा स्रष्टाहरू क्रमैले सन्ध्या अाचार्य, पास्टर जोहन लेप्चा, बीरेन्जा राई, पास्टर शरण शरद, एल्डर राजु राई, सुरेश वियोगी, योएल माकपाली, रवि रोदन, हनोक थापा, क्रिस्टा लेप्चा, रूबेन गदाल, शशि राई, अम्बिका मिश्र, इम्मानुएल गिफ्ट आदिले कथा कविता र अन्य रचनाहरू पठन गरेका थिए। कार्यक्रमलाई सचिव हनोक र क्रिस्टा लेप्चाले सञ्चालन गरेका थिए।कार्यक्रममा सृजनात्मक लेखन विषयमा कार्यशाला आयोजना गरियो जसमा छोटा कथा र कविता लेखनमाथि कार्यशाला गरियो। उक्त कार्यशालामा पर्यवेक्षकको रूपमा डा चित्र छेत्री ‘कौशिक’ रहेका थिए। उक्त कार्यशालामा स्रष्टा केके प्रधान, राजेस लुलाम, बीरेन्जा राई, सुरेश बियोगी, सन्ध्या आचार्य र पास्टर शरण शरद आदिले कथा लेखन र कविता लेखन विषयमा आफ्नो अनुभवहरू साझा गरेका थिए। यस कार्यशालालाई कवि रवि रोदनले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। त्यसपछि कार्यक्रममा उपस्थितहरूले १०-१५ मिनटको समयमा आफ्नो तर्फबाट कविता, कथा, गीत लेखेका थिए। कार्यक्रममा पर्यवेक्षकको रूपमा डा चित्र छेत्री ‘कौशिक’ ले सम्बोधन राख्दै सबैजना कवि नै हुन्छन् भन्दै लेखनमा मानिसलाई आशा दिनु सक्नुपर्छ भनी बताए। उनले हामीले लेखेको रचनाले पाठकलाई प्रतिक्रिया दिने अवसर प्रदान गर्नुपर्छ भन्दै हाम्रो लेखनबाट पाठकले अर्को रचना सृजना गर्न सक्ने हनुपर्छ भनी बताए। डा कौशिकले कवितामा सरलता र सहजता मुख्य हो भनी बताउँदै कविताको अन्तिम लक्ष्य सौन्दर्य चेतनाद्वारा मानव ह्रदयलाई ईश्वरीय कृपालाई प्राप्त गर्नसक्छ भनी बताएका छन्। कार्यक्रममा सहभागीहरू र स्रोत वक्ताहरूलाई स्मृति चिन्ह्र प्रदान गरिएको थियो। कार्यक्रममा अध्यक्षीय सम्भाषणसहित धन्यवाद ज्ञापन अध्यक्ष रवि रोदनले राखेका थिए। कार्यक्रममा अन्तिम प्रार्थना पास्टर कालेप गजमेरले राखेका थिए। भारतीय नेपाली भाषी इसाई स्रष्टाहरूका साझा मञ्च स्रष्टा सङ्गमको आगामी पाँचौ वार्षिक सम्मेलन २०२५ सालमा कालेबुङमा आयोजना गरिने भएको छ। यस दुई दिवसीय कार्यक्रम विषयमा स्रष्टा सङ्गमको सभापति रवि रोदन र सचिव हनोक थापाले विस्तृत रूपमा बताउँदै कार्यक्रममा उपस्थित स्रष्टाहरू, स्रोत वक्ताहरू, मुख्य अतिथि लगायत अतिथिहरू साथै सहयोगीहरूप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement