काेचबिहार: जिल्लाको दिनहाटा-२ ब्लक अधिनस्थ साहेबगञ्ज क्षत्रमा गए शुक्रवार अबेर राती तृणमूल कंग्रेस पार्टीका पञ्चायत प्रधानको घर बाहिर बम विस्फोटको घटना घटेको छ। घटनामा प्रधानको कार क्षतिग्रस्त भएको छ। प्रधान अभिजित बर्मनले उक्त घटनाको निम्ति भाजपमाथि आरोप लगाएका छन्।

प्रधान अभिजित बर्मनले भने, हिजो अबेर राती घर बाहिर विस्फोटको तीव्र आवाज सुनेर निन्द खोलियो। त्यसपछि आमासितै घर बाहिर निक्लेर हेर्दा उनले चारैतिर धुँवा फैलिएको देखे साथै आफ्नो कारको अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भएको देखे। उनले भने, भाजपाका उपद्रवीहरूले उसको घरमा बम विस्फोट गराएका हुन्। प्रत्येक रात भाजपाका १५-२० वटा वाहनहरू कुनै न कुनै बुथमा पसेर परिवेशै अराजक बनाउने प्रयास गर्दछन्। उनले भने, यस सम्पूर्ण घटनाको सिकायत साहेबगञ्ज थानामा दर्ता गरिएको छ।

अर्कोतिर जिल्ला भाजपा सचिव जिबेश विश्वासले भने, तृणमूलको आरोप आधारहीन छ। यस घटनासित भाजपाको कुनै सरोकार छैन।











