होटलबाट कर्मचारीको गलफन्दामा झुण्डिएको शव उद्धार

IMG-20230528-WA0320-5-300x172-2

काेचबिहार: शीतलकुची ब्लकको गोसाइरहाट बजारस्थित एक होटलका सुबल बर्मन (४५) नामक कर्मचारीको फन्दमा झुण्डिएको शव भेटिएको छ।

होटल मालिकले बताए, आज बिहान उनी होटल पुग्दा होटलको ढोका बन्द पाए। त्यसपछि होटल कर्मचारी सुबललाई बोलाए। जवाफ नआएपछि उनले होटलको ढोका भत्काएर भित्र प्रवेश गरे। त्यसपछि उनले होटलभित्र गलफन्दामा झुण्डिरहेको अवस्थामा शव देखे। यसको सूचना शीतलकुची थाना पुलिसलाई दिइयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टमको लागि पठाइदियो।

शीतलकुची थानाका ओसी एन्थोनी होरोलो बताए, एक व्यक्तिको शव होटलभित्रबाट फेला परेको छ। मृत्युको सही कारण पोस्टमर्टमपछि मात्र थाहा लाग्नेछ। घटनाको जाँच शुरू गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *