मलेसियाको सर्वोच्च अदालतबाट राज्यले बनाएको एक दर्जन शरिया कानून खारेज

OLYMPUS DIGITAL CAMERA

मलेसियाको सर्वोच्च अदालतले केलान्तान राज्यले बनाएको एक दर्जन बढी शरियामा कानूनलाई खारेज गरेको छ। अदालतले शरिया कानूनले संघीय सरकारको क्षेत्राधिकार उल्लंघन गरेको निष्कर्ष निकाल्दै खारेज गर्ने निर्णय लिएको हो। तर, मलेसियन इस्लामिक कट्टरपन्थीहरूले यो निर्णयको निन्दा गरेका छन्। यसले देशभरका धार्मिक अदालतहरूलाई कमजोर बनाउने डर रहेको कट्टरपन्थीहरूको धारणा छ। नौ सदस्यीय संघीय अदालतले ८–१ को बहुमतबाट विपक्षीद्वारा सञ्चालित केलान्तान राज्य सरकारले बनाएको १६ कानूनलाई अवैध ठहर गरेको हो।  जसमा यौन शोषण, यौन उत्पीडन, अनाचार र ’क्रस ड्रेसिङ’(विपरीत लिङ्गका लुगा लगाउने)लगायतका क्षेत्र समेटिएको थियो।

अदालतले यी विषयहरूमा इस्लामिक कानून बनाउन सक्दैन, किनकि उनीहरू मलेसियाको संघीय कानून अन्तर्गत पर्ने ब्याख्या गरिएको छ। मलेशियामा शरिया र नागरिक कानूनद्वारा शासित मुस्लिमहरूका लागि व्यक्तिगत र पारिवारिक मामिलाहरू सहित दुई–स्तरीय कानुनी प्रणाली छ। मलय जातीय समूहको परिभाषा अन्तर्गत सबै मानिसहरूलाई मलेशियन कानून अन्तर्गत मुस्लिम मानिन्छ। मलय जातीय समूहले देशको ३३ मिलियन जनसंख्याको दुई तिहाइ ओगटेको छ, जबकि ठूलो चिनियाँ र भारतीय अल्पसंख्यकहरू पनि मलेसियामा बस्छन्। शरिया इस्लामिक कानून हो, जुन कुरान र हदीसमा आधारित छ। उक्त कानूनलाई २०२० मा केलान्तानको ग्रामीण उत्तरपूर्वी राज्यका दुई मुस्लिम महिलाले अदालतमा चुनौती दिएका थिए। राज्यको कुल जनसंख्याको ९७ प्रतिशत मुस्लिम छन्। केलान्तानमा सन् १९९० देखि कन्जरभेटिभ प्यान–मलेशियन इस्लामिक पार्टी वा पीएएसले शासन गर्दै आएको छ। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *