काठमाडौं: चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ। गत बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ रातो लाल्टिन बालेर शुभारम्भ भएको नयाँ बर्षको श्रृखंला शनिबार पनि विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रमकै सिलसिलामा शुक्रबार ठमेलमा ड्रागन, सिंह र किरिन नृत्य प्रस्तुत गरियो भने शनिबार दरबारमार्ग क्षेत्रमा विभिन्न नृत्यहरु प्रस्तुत गरियो। चिनियाँ नयाँ वर्ष र वसन्त चाडका अवसरमा श्रृखंलाबद्ध कार्यक्रमहरु जारी राखिएको छ। भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायरमा ड्रागगन, सिंह र किरिन नृत्य देखाइने कार्यक्रम छ। शनिबार दिउँसो २ बजेदेखि दशरथ रंगशालामा नेपाल–चीनबीच मैत्री फुटबल प्रतियोगिता पनि राखिएको छ। सोमबारदेखि बुधबारसम्म टुँडिखेलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चिनियाँ नयाँ वर्ष महोत्सवको आयोजना गरिँदैछ। महोत्सवमा खानाका परिकार, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीलगायत कार्यक्रम हुनेछ।
