नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३७६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,५०,२७,१५१ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले महाराष्ट्रमा १ जनाकाे मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३३,४६२ पुगेको छ। यसरी नै यस अवधिमा ३७९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,९२,८१९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर ८७० पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ११,८३८ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,५८,९१,३३३ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टभमा ६३ जनाले कोरोना खोप लगाउनको साथ कुल २,२०,६७,८८,५९२ जनाले यो खोप लगाइसकेको छन्।