मिथुन चक्रवर्तीअस्पतालमा भर्ती

Mthun-Chakraborty

कोलकाता: बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन्। शनिबार (१ फरवरी) उनलाई कोलकाताको एक निजी अस्पतालको आपतकालीन युनिटमा भर्ना गरिएको छ। छातीमा पीडा साथै असजिलो भएको महसुस गरेपछि उनलाई अस्पताल लगियो। मिथुन चक्रवर्ती अस्पताल भर्ना भएदेखि नै उनका फ्यानहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्। हाल उनको स्वास्थ्यबारे अभिनेताको परिवारले कुनै बयान दिएको छैन। मिथुन चक्रवर्तीका छोरा मिमोह चक्रवर्तीले एक निजी मिडियालाई उनको स्वास्थ्य अपडेट दिएका छन्। मिमोहले भने, ‘पापा शतप्रतिशत ठिक छन्, र यो नियमित चेकअप होl तर तपाईंको कामनाको लागि धन्यवादl’

मिथुन चक्रवर्ती अहिले ७३ वर्ष पुगेका छन्। आज बिहान करिब १० बजे उनको छातीमा अत्याधिक पीडा साथै असजिलोपन महसुस हुन थालेको थियो। यसले गर्दा उनलाई तत्काल अस्पताल लगियो, जहाँ चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको छ। हालै चलचित्र क्षेत्रमा योगदानका लागि उनलाई प्रतिष्ठित पद्मभूषण अवार्डबाट सम्मान गरिएको थियो। मिथुन चक्रवर्तीले सन् १९७६ मा फिल्म उद्योगमा प्रवेश गरेका हुन्। आफ्नो उत्कृष्ट करियरका कारण उनले राष्ट्रिय अवार्डसहित धेरै सम्मान पाएका छन्  हिन्दी सिनेमामा मिथुन चक्रवर्तीले डिस्को डान्सर, जंग, प्रेम प्रतिज्ञा, र मर्द जस्ता फिल्ममा अभिनय गरेका छन्। त्यही क्रममा उनको अन्तिम रिलिज भएको बंगला फिल्म ‘काबुलीवाला’ थियो। यो दिस्मबत २०२३ मा थिएटरहरूमा रिलीज भएको थियो। फिल्मलाई सुमन घोषले निर्देशन गरेका हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *