माध्यमिक परीक्षार्थी सडक दुर्घटनामा घाइते

c965753f-e9be-4a27-89d9-53567b2fedb0-1024x576.jpg

अलीपुरद्वार: परीक्षा दिन गइरहेको समय एकजना माध्यमिक परीक्षार्थी सडक दुर्घटनामा परेर घाइते भएका घटना अलीपुरद्वारको कालचिनीमा भएको हो।जानकारी अनुसार परीक्षार्थी कालचीनी हिन्दी हाई स्कूलस्थित परीक्षा केन्द्रमा गइरहेको समय अवधि सडक दुर्घटनामा परेको हो। घटनामा घाइते भएकी छात्राको नाम एन्टिला मुन्डा बताइएको छ। आज बिहान तिनी बाइकमा सवार भएर परीक्षा केन्द्रतर्फ गइरहेका समय बाटोमा बाइकबाट लडेर टाउकोमा चोट लगागेपछि घाइते भइन्। घटना पछि छात्रालाई तत्कालै उद्धार गरेर नजिकैको लताबाड़ी ग्रामीण अस्पतालमा पुऱ्याइयो। हाल छात्राको अस्पतालमा चिकित्सा चलिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement