अन्तिम तीनवटा टेस्टबाट पनि कोहली बाहिर

IMG-20240210-WA0105.jpg

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले ईंग्ल्याण्ड विरुद्ध टेस्ट सीरीजको रहल तीनवटा म्याचको निम्ति शनिवार टीमको घोषणा गऱ्यो। चोटग्रस्त केएल राहुल र रविन्द्र जडेजा टीममा फर्किएका छन् तर प्रथम एकादशमा उनीहरूका चयन फिटनेसको आधारमा गरिनेछ। यसको साथमा विराट कोहली पूरा सीरीजबाट बाहिर भएका छन्। कोहलीले निजी कारणहरूले गर्दा सीरीजको पहिलो दुईवटा टेस्टबाट नाम फिर्ता लिएका थिए। यसपाली पनि उनकै आग्रहमा बीसीसीआई-ले कोहलीलाई रहल तीनवटा टेस्ट म्याचबाट पनि बाहिर राखेको छ। बोर्डले बताएअनुसार, कोहली व्यक्तिगत कारणहरूले गर्दा अन्तिम तीनवटा टेस्ट म्याचमा पनि खेल्नेछैनन्। बीसीसीआई उनको फसेलालाई सम्मान गर्दछ। यसरी कोहली आफ्नो करियरमा पहिलोपल्ट कुनै टेस्ट सीरीजबाट सम्पूर्ण रूपले बाहिर भएका छन्। भारत र ईंग्ल्याण्डबीच टेस्ट सीरीज अहिले १-१-को बराबरीमा रहेको छ। ईंग्ल्याण्डले हैदराबादमा खेलिएको पहिलो टेस्टमा २८ रनले जीत हासिल गरेको थियो भने भारतले विशाखापट्टनममा खेलिएको दोस्रो टेस्टमा १०६ रनले जीत हासिल गरी सीरीजमा बराबरी हासिल गरेको छ। तेस्रो टेस्ट १५ फरवरीदेखि राजकोटमा शुरु हुनेछ।
टेस्ट टीममा २७ वर्षीय पेस बलर आकाश दीपलाई स्थान प्राप्त भएको छ। उनले अहिलेसम्म भारतको निम्ति टेस्ट पदार्पण गरेका छैनन्। आकाश दीपले ईंग्ल्याण्ड लायन्स विरुद्ध तीनवटा म्याचमा १३ विकेट लिएका थिए। बिहारमा जन्मिएका आकाश दीपले बंगालको तर्फबाट घरेलु क्रिकेट खेल्छन्। उनले २९ वटा प्रथम श्रेणीको म्याचमा १०३ विकेट लिएका छन्। उनी आईपीएलमा आरसीबी-को तर्फबाट खेल्छन्। यसरी टीमबाट सौरभ कुमार र आवेश खानलाई बाहिर गरिएको छ। यसरी ब्याटर श्रेयस अय्यर पनि रहल टेस्ट म्याचहरूमा टीमको हिस्सा हुनेछैनन्। सूत्रबाट थाहालागे अनुसार, उनी चोटसँग जुझिरहेका छन् तर बीसीसीआई-ले चाहिँ उनलाई बाहिर गर्ने कुनै कारण बताएको छैन। धेरैले अय्यरलाई खराब फर्मले गर्दा टीमबाट बाहिर गरिएको दावी पनि गरेका छन्। यसरी दोस्रो टेस्ट अघि टीममा सामेल हुने सरफराज खान र रजत पाटीदारलाई टीममा कायम राखिएको छ।
टेस्ट टीम यसप्रकार छः
रोहित शर्मा (कप्तान), जसप्रीत बुमराह (उपकप्तान), यशस्वी जयसवाल, शुभमन गिल, केएल राहुल, रजत पाटीदार, सरफराज खान, ध्रुव जुरेल (विकेटकीपर), केएस भरत (विकेटकीपर), आर अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, मोहम्मद सिराज, मुकेश कुमार र आकाश दीप।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *