दुधिया राई गाउँ विजयी

photocollage_2024210124041467.jpg

खरसाङ: पंखाबारी युथ स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा दुधिया राई गाउँको टीमले अघिल्लो राउण्डमा स्थान बनायो। पंखाबारी स्कूल खेल मैदानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत शुक्रवार खेलिएको म्याचमा दुधिया राई गाउँले रोहिनी बीच गाउँलाई ४-१-ले पराजित गऱ्यो। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement